१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखामा चक्कु प्रहार गर्ने आरोपी काठमाडौँबाट पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेतमा युवकको आँखामा धारिलो चक्कु प्रहार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार, ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा फरार रहेका जुम्ला निवासी नवराज रावतलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले बताए अनुसार, साउन ९ गते राति करिब १२ बजे वीरेन्द्रनगर नगरपालिका–६ बसपार्कको माथिल्लो गेटमा २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कुले आँखामा प्रहार गरिएको थियो। आक्रमणपछि रावत घटनास्थलबाट फरार भएका थिए भने परियार गम्भीर घाइते भएका थिए।

निरन्तर खोजीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रावतलाई बुधबार जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराई आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढ्थापाले जानकारी दिएका छन्।