४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोड ठगेर फरार त्रिलोक सिंह पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका सिलसिलामा करिब चार करोड १७ लाख ठगेर फरार रहेका बझाङ स्थायी घरठेगाना रहेर हाल बुढानिलकण्ठ–९ मा बसोबास गर्ने त्रिलोक सिंहलाई पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, सिंहले डम्बर देउवा समेत ६६ जनासँग रकम असुलेर बेपत्ता भएका थिए ।

एनएएन मेरिटाइम ट्रेनिङ एन्ड एजेन्सी प्रालिका संचालक समेत रहेका सिंहलाई प्रहरीले कास्कीको शिशुवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

सिंहमाथि थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको पनि प्रहरीले जनाएको छ ।