५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड
अ+ अ-

काठमाडौँ। सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरुले साइबर सुरक्षाका लागि यो विधेयक आवश्यक भएको बताउनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसदहरुले विधेयकमाथिको छलफलका क्रममा उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले डिजिटल प्लेटफर्मसम्बन्धी अर्को विधेयक राष्ट्रियसभामा रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको घोषणापत्रले नै सुशासनका लागि सूचना प्रविधिमा जाउ भनेकाले यो विधेयक ल्याएको उहाँले जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसलाले पनि निर्देशनात्मक आदेश जारी गरी नेपाली जनताको ‘डेटा’ नेपालमै रहने व्यवस्था गर्नु भने अनुसार यो विधेयक ल्याइएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

साङ्घाइमा ‘सिक्स जी’ को अनुसन्धान भइरहेकाले प्रविधिमा अघि बढ्न यो कानुन आवश्यक भएको उहाँले बताउनुभयो । कृत्रिम बौद्धिकतासम्बन्धी अर्को कानुन आवश्यक पर्ने मन्त्री गुरुङको भनाइ छ ।

 बैठकमा सांसदहरु उर्मिला माझी, दीपा शर्मा, नारायणी शर्मा, सुनिता बराल, रणेन्द्र बराइली, रणकुमारी बलम्पाकी मगर, हितराज पाण्डे, रमा कोइराला पौडेल, ठाकुरप्रसाद गैह्रे, प्रकाश ज्वाला, डा अमरेशकुमार सिंह, सपना राजभण्डारी, भगवती चौधरीलगायतले विधेयकका विषयमा विचार राख्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले साइबर सुरक्षा आवश्यक भएकाले विधेयक सही समयमा आएको, नियमका नाममा नियन्त्रण गर्न नहुने, राष्ट्रहितमा हुने गरी व्यवस्थित गरिनुपर्ने, कृत्रिम बौद्धिकता (एआई) मा प्रवेश गर्न जनशक्ति व्यवस्थापन गरिनुपर्ने, अङ्ग्रेजी शब्दलाई नेपालीकरण गरिनुपर्ने, संविधानमा उल्लेख गरिएका मौलिक हकहरु सूचनाको हक, गोपनीयताको हकलाई असर नगर्ने गरी कानुन बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक सङ्ख्या नपुगेकाले गणनाको माग गर्नुभएको थियो । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ अर्थात् ६९ हुनुपर्नेमा ६६ मात्र भएकाले बाँकी कार्यक्रम हटाइएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते बिहीबार दिनको १ बजे बस्नेछ । रासस