५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः सांसद नेम्वाङ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताउनुभएको छ ।

बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उहाँले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताउनु भयो । उहाँले कारागारमा कैदीबन्दीलाई नै नाईके, भाईनाईके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानूनहरुको खोजी गरेको बताउनु भयो । तर कुनैपनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाईके, भाईनाईके र चौकीदार राखिएको नपाईएको उहाँले जानकारी दिनुभयो । नेपालमा भने यसलाई कानूनी मान्यता नै दिएर राखिएको उहाँको भनाई छ ।

कारागार सम्बन्धी नियमावलीको दफा ५३ मा यसको व्यवस्था गरिएको उहाँले बताउनु भयो । कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उहाँले तर यसले विकृति ल्याएको बताउनु भयो । नाईके, भाईनाईके चौकीदारहरुले कारकारभित्र सबैलाई दमन गरेर राख्ने गरेको पाइएको उहाँको भनाई छ । अझ उनीहरुलाई थप सेवा सुविधा समेत उपलब्ध गराईने गरेको पाईएकोले आफु अलिअलि आश्चर्यमा परेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन तरिकाको नाईके, भाईनाईके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाँउहरुको रिर्सच गरे । कुनैपनि ठाउँमा कानून नै लेखेको चाहीँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ । हुनत कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दाखेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजिकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ । यहाँ नाईके, भाईनाईके चौकीदाहरुले यस्तो तरिकाले त्यहाँ भित्र दमन गरेर राखेको कुराहरु पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दाखेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरुलाई हामीले निश्चित सेवा सुविद्या दिईरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाए, त्यसले गर्दाखेरी म अलिअलि यसमा आश्चर्य छु ।’  

उहाँले कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कैलाली कारागारको घटना आकस्मिक रुपमा नभएको पनि बताउनु भयो । त्यसअघि पनि त्यहाँको कारागारको सुरक्षा, व्यवस्थापनको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको उहाँले जानकारी दिनुभयो ।