२५ श्रावण २०८३, सोमबार
,
Latest
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाउनुभएको थियो । प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनशायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद काम अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्माणका क्रममा प्रतिक्रियावादले दिएको झन्झट, अवरोधका गलत मनसायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद कीर्तिपुरको क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रश्नहरु सुनिए, प्याराफिट बन्नो ? मेरो जवाफ छ– बन्यो । फ्लड लाइट जोडियो ? टुंगिन आँट्यो । कुनै जादु त होइन नि । यस्ता प्रश्न गर्ने साथिहरुलाई एक पटक संसदीय समितिका माननीय सदस्यहरुले जस्तै अनुगमन गर्नको लागि अनुरोध गर्छु । सँगै जाने भएपनि जाऔँ मिलाएर सँगै हेर्न । यसपटक प्याराफिट र फ्लडलाइट जोड्ने काम सकिएपछि रंगशालाको दोस्रो चरणको काम फेरि अगाडि बढाइेछ ।’

प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।