काठमाडौं । राप्रपा युवा संगठनको काठमाडौं अधिवेशन बिथोलिएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।
चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणा निकट दुई पक्षबीच हात हालाहाल भएको थियो । अधिवेशनमा तनावको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए ।
अध्यक्ष कार्यक्रमस्थल छोडेर हिँडिसकेपछि असन्तुष्ट पक्षले अस्वीकार गर्दै ज्योति लामाको अध्यक्षतामा स्वत नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो।
काठमाडौं अधिवशेनका लागि गठन गरेको निर्वाचन समिति विधिसम्मत नभएको र एकलौटी बनाएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दै आएका छन् ।










