२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज गीतमार्फत् धारापानी संरक्षणको सन्देश



अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ४ अन्तर्गत धारापानी टोलमा रहेको ऐतिहासिक तीनधाराको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले धारापानी महिला समूहले तीज गीतको माध्यमबाट सन्देश दिएको छ । उक्त समूहको सांस्कृतिक प्रस्तुतिमार्फत् प्राकृतिक मुहान तथा धारापानी संरक्षण र सम्बद्र्धनमा जुट्न सबै टोलबासीलाई आह्वान पनि गरिएको छ ।

तीनधाराको चौतारीमा आयोजित कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुले संयुक्त रुपमा तीज गीत मार्फत् तीनधाराको ऐतिहासिकता, सांस्कृतिक महत्वका बारेमा जानकारी दिनुका साथै उक्त प्राकृतिक मुहान संरक्षणको आवश्यकता समेत प्रस्तुत गरेका हुन् ।

महिला समूहले तयार पारेको गीतमा तीनधाराको उत्पत्ति, पुरानो पुस्ताको योगदान, वर्तमान पुस्ताको जिम्मेवारी, पर्यावरणीय सन्देश, स्थानीय एकता र विकास योजनासँगको समन्वयलाई सुन्दर लयमा प्रस्तुत गरिएको छ ।

समूहकी सह–सचिव गीता शर्मा कडेलको शब्द संयोजन रहेको उक्त गीतमा छिमेकी टोलवासी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उनका अनुसार धारापानी टोल विकास संस्था अन्तर्गत रहेको यस प्राकृतिक पानीको मुहान साविक वडा नं ५ अन्तर्गतको समयदेखि नै स्थानीय पुस्ताको साथ संरक्षणमा अडिएको छ । तीज गीतको माध्यमबाट अब यसको प्रचार–प्रसार गर्दै भविष्यमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिइएको जानकारी पनि उनले दिइन् ।

गीतमा धारापानी मूल संरक्षण समिति, धारापानी टोल विकास संस्था, हालको उपभोक्ता समिति, वडा कार्यालय, प्रदेश सरकार, भरतपुर महानगरपालिका, वे ग्रुप, ग्रुप फर सोसलको योगदानप्रति कृतज्ञता प्रकट गरिएको छ ।

साथै प्राकृतिक मुहानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरुलाई आवह्न गर्दै धारापानी महिला समूहले यस संरक्षणमा हातेमालो गर्न आग्रका साथ टोल भ्रमणका लागि आमन्त्रण पनि गीत मार्फत् नै गरेको छ ।

गीत सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष लक्ष्मी कडेलले गर्नुभएको थियो भने भरतपुर ४ का वडा सदस्य राधादेवी शर्मा कडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रमको सञ्चालन समूहका निवर्तमान अध्यक्ष गोमादेवी पौडेलले गर्नुभएको थियो ।