७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सहिष्णुताका लागि लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना



अ+ अ-

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ ।

पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गर्नुभयो । उहाँहरूले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्न समितिले गरेको कामको प्रशंसा समेत गर्नुभएको थियो ।

हिन्दु एवं बुद्ध धर्मावलम्वीले आ–आफ्नो धार्मिक विधि–पद्धति अनुरूप समान रूपमा महाङ्कालको पूजाअर्चना गर्ने गर्छन् ।

मङ्गलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट आ–आफ्नो पूजा पद्धतिअनुरूप यज्ञ मण्डप स्थापना गरी महाङ्कालको पूजा गरिएको दृश्य अत्यन्त मनमोहक थियो । हिन्दू एवं बुद्ध धर्मका अनुयायीहरूको बाक्लो उपस्थितिमा पूजाअर्चना गरिएको थियो ।

हिन्दू र बुद्ध धर्मावलम्वीले महाङ्कालप्रति उत्तिकै आस्था राख्ने हुँदा धार्मिक सहिष्णुता सदैव कायम होस् भन्ने कामनाका साथ लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताउनुभयो । पूजाअर्चना पछि प्रसाद ग्रहणसँगै ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सुरू गरिएको थियो । रासस