८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
अ अ+ अ-

फुजु। चीनको पूर्वी प्रान्त फुजियानमा एक जुत्ता कारखानामा आगलागी भएको छ ।

आगलागी भएको भवनमा धेरै व्यक्तिहरू फसेको र कैयौँ हताहत भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

घटनामा कति व्यक्ति परेका छन् भन्ने जानकारी तत्काल दिन असम्भव रहेको उद्धार कार्यमा घटनास्थलमा पुगेका अधिकारीहरूले बताएका छन् ।

क्वानझाउ शहरको दमकल तथा उद्धार विभागका अनुसार जिनजियाङ शहरको चेन्डाई नगरको जियान्टाउ गाउँमा रहेको कारखानामा दिउँसो १२ः०४ बजे आगो लागेको थियो ।

समाचार तयार गर्दासम्म आगो नियन्त्रणको काम जारी रहेको थियो भने घटनास्थलमा ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए ।

सिन्ह्वालाई प्राप्त जानकारी अनुसार भीषण आगलागीका कारण उद्धारकर्मीहरू प्रभावित क्षेत्रभित्र प्रवेश गरेर थप खोजी कार्य गर्न कठिनाई भएको छ ।

जुत्ता कारखानाको आगलागीपछि तत्कालै चिनियाँ राष्ट्रपति सी चिनफिङले अधिकारीहलाई घटनालाई तत्काल नियन्त्रणमा ल्याउन यथासम्भव उपाय अवलम्बन गर्न र आगलागीमा फसेकाहरूलाई सावधानीपूर्वक उद्धार गर्न निर्देशन दिनुभएको छ ।

उहाँले पूर्ण प्रयासका साथ खोज तथा उद्धार कार्य गर्न, दुर्घटनाको कारण पहिल्याउन र घटनाका दोषीउपर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको छ । (रासस/सिन्ह्वा)