१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल

सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल
अ अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी विधेयकमा ‘परिवारको परिभाषा’ समेटिएको व्यवस्था परिवारका सदस्य वा नातेदारलाई दुःख दिने उद्देश्यले नभई सहकारी क्षेत्रका समस्या समाधानलाई प्रभावकारी बनाउन ल्याइएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । सहकारी अपचलनमा संलग्न भएका सहकारी सञ्चालकका सदस्यमाथि अनुसन्धानबिना कुनैपनि प्रकारको अनावश्यक पीडा दिने मनसाय नभएको उहाँको भनाइ छ ।

उहाँले सहकारीसम्बन्धी मुद्दा समाधान गर्ने क्रममा परिवारको स्पष्ट कानूनी परिभाषा नहुँदा व्यवहारिक कठिनाइ भोग्नुपरेको अनुभवका आधारमा उक्त व्यवस्था प्रस्ताव गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहकारीसम्बन्धी विधेयकमा परिवारको परिभाषा राखिएको विषय परिवारका अन्य सदस्य र नातेदारलाई दुःख दिने मनशायले राखिएको होइन । हामीले काम गर्दै जाँदा भोगेको समस्या र यो प्रावधानले नहुँदा सहकारी समस्या समाधान गाह्रो भएको कारण यो व्यवस्था ल्याइएको हो । त्यसकारण मान्य सदस्यहरुलाई यो व्यवस्था सहर्ष स्वीकार गरिदिनको लागि अनुरोध गर्न चाहान्छु ।’

राष्ट्रिय सभाबाट प्राप्त संशोधन प्रश्ताव समेत सभाले स्वीकृत गरेको छ ।–न्युज एजेन्सी नेपाल