१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः वरिष्ठ अधिवक्ता भट्टराई

स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः वरिष्ठ अधिवक्ता भट्टराई
अ अ+ अ-

काठमाडौँ। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहसका रूपमा अघि बढाउन नमिल्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानको आधारभूत मूल्यमान्यतापरीत हुने कुनैपनि संशोधन प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले सत्तारुढ दलले आफ्नो महाधिवेशनबाट संघीयताको स्वरूप तथा प्रदेश संरचनामा परिवर्तनको धारणा अघि सारेको उल्लेख गर्दै प्रदेश सभा खारेज गर्ने प्रश्तावले मुलुकको संघीय व्यवस्थालाई नै समाप्त पार्ने जिकिर गर्नुभयो ।

उहाँले मुलुकको संघीयताको मूल आधार नै प्रदेश संरचना भएकाले त्यसको अन्त्य गर्नु भनेको संविधानको आधारभूत संरचनामाथि प्रहार गर्नुभएको तर्क गनुृभयो । उहाँले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषयसँगै संघीयता खारेज गर्ने वा नगर्ने भन्ने प्रश्नसमेत उठाइएको उल्लेख गर्दै यस्ता विषय संविधानको आधारभूत संरचनासँग प्रत्यक्ष रूपमा जोडिएकाले संशोधनको दायराभित्र ल्याउनै नमिल्ने उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन गैरदलीय गर्ने भन्ने कुरा राखेर संविधान संशोधनको बहस चलाउन पाइँदैन । अहिले सत्तारुढ दलले महाधिवेशनबाट क्लियर ग¥यो । अब संघीयताको स्वरुप परिवर्तन गर्ने र प्रदेशको स्वरुप परिवर्तन गर्ने भन्यो । त्यो क त भन्दा प्रदेश सभालाई खारेज गर्ने भन्यो । हाम्रो संघीयता भनकै त्यही प्रदेश सभा हो । स्थानीय तह र संघीय सरकार त हिजो पञ्चायत कालमा पनि थियो । संघीयता झल्काउने हाम्रो आधारभूत संरचना के हो ? भन्दा प्रदेश संरचना नै हो । त्यो प्रदेश संरचना नै खारेज गर्ने भनेको मुलुकको संघीयता नै समाप्त पार्ने हो । गैरदलीय व्यवस्था त्यहाँ लागु गर्ने कि नगर्ने भन्ने पनि प्रश्न छ । संघीयता खारेज गर्ने कि नगर्ने भन्ने पनि प्रश्न छ । र त्यस्तो प्रश्न गर्न नपाइने जुन संविधानको आधारभूत संरचना छ त्यो संरचनाको विपरित उठेको हुनाले प्रधानमन्त्रीको सल्लाहकारको अध्यक्षतामा रहेको कार्यदललाई होईन सिंगै संसदका तल्लो र माथिल्लो सदनका सबै सांसदहरु तयार भएपनि त्यो गर्न पाइँदैन ।’

मुलुकको लोकतान्त्रिक व्यवस्था र संघीय संरचनामाथि प्रहार हुने किसिमका कार्य स्वीकार्य नहुने उहाँको चेतावनी छ । –न्युज एजेन्सी नेपाल