२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित नहोस्ः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित हुन नहुने बताउनुभएको छ ।

ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र  जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिवद्ध रहेको बताउनु भयो । त्यसका लागि प्रयास र प्रक्रिया अघि बढिरहेको बताउनु भयो । युवाहरुको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र  जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिवद्ध छौँ । त्यसको प्रयास र प्रक्रियाहरु भइरहेको छ । युवाहरुको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेका छौँ । आजका युवाहरु भोलिका नेताहरु मात्र होइनन्, आज नै नेतृत्व गरिरहेको महशुस गरेको छु । युवाहरुको विचार, उर्जा र शाहसले नेपालको हरित न्यायपूर्ण र समावेशी भविष्यतर्फको यात्रा सुचारु भएको छ । आउनुस्, हामी मिलेर काम गरौँ । जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित नहोस्, कुनै आवाज खेर नजाओस् ।’

मन्त्री ठकुरीले आजका युवाहरुले अबको नेतृत्व लिनुपर्ने बताउनु भयो ।