९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकताः खेलकुदमन्त्री चौधरी

युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकताः खेलकुदमन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानूनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत रहेको पनि बताउनु भयो ।

कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले कठिन परिस्थितिमा पनि नवप्रर्वद्धनप्रति रुची देखाएको उहाँको भनाई छ । महामारीका चुनौती, प्राकृतिक प्रकोपको समयमा जलवायु परिवर्तनको विरोधमा चेतनामुलक अभियान, प्रविधि आधारित नयाँ अविस्कार लगायतका विषयमा युवाहरुको संकल्प, सहभागिता उच्च सम्मानयोग्य रहेको उहाँले बताउनु भयो । नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको उल्लेख गर्नुहुँदै उहाँले युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका हाम्रा युवाहरुले कठिन परिस्थितिमा पनि शाहस, प्रतिवद्धता, नवप्रर्वद्धनप्रति रुची देखाएका छन् । नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको हामीले अनुभव गर्न पाएका छौँ । तसर्थ युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक हुन् । महामारीका चुनौती होस् या प्राकृतिक प्रकोपको समयमा जलवायू परिवर्तनको विरोधको चेतनामुलक अभियानमा होस् वा प्रविधि आधारित नयाँ अविष्कारमा युवाहरुको संकल्प, सहभागीतालाई हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ । नेपाल सरकारले युवाको नेतृत्व सक्षम विकास, सीप अभिवृद्धि र रोजगार सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ । नेपाल सरकार युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानूनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन प्रयासरत छ ।’

सरकारले ‘समृद्ध राष्ट्र निर्माणको लागी स्वस्थ, कर्मठ र उद्यमी युवा हुनुपर्छ’भन्ने मूल मन्त्र आत्मसाथ गरेको पनि बताउनु भयो । समृद्ध देश निर्माण र युवा जनशक्ति परिचालनको लागी सबैको सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।