९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कस्तो छ बैंकहरुको वित्तीय अवस्था ?

कस्तो छ बैंकहरुको वित्तीय अवस्था ?
अ अ+ अ-

काठमाडौँ । बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् ।

अहिलेसम्म एभरेष्ट, नबिल,  माछापुच्छ्रे बैंक, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् । बैंकहरुको वित्तिय अवस्था हेर्दा धेरै जसो बैंकहरुको अवस्था राम्रो देखिएको छ ।

उनीहरुले नाफामा वृद्धि गरेका छन् भने खरब कर्जाको अनुपात घटाएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा १९.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको एनपीएल ०.७१ प्रतिशत रहेको थियो । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।

यता, एनएमबी बैंकले पनि चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार उक्त बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा वृद्धि गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ ।

निष्क्रिय कर्जा सामान्य बढेको छ । गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत छ । अघिल्लो वर्ष ३.४० प्रतिशत थियो । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ ।

अर्को बैंक,  नबिल बैंकको नाफामा पनि १५ प्रतिशतले वृद्धि देखिएको छ । चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ ।  बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको बैंकको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा छ ।

यस्तै हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो । अघिल्लो वर्षको तुलनामा यो नाफा २२.१५ प्रतिशत बढी हो । बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.२८ प्रतिशत पुगेको छ ।

यस्तै अर्को माछापुच्छ्रे बैंकले पनि नाफामा भारी वृद्धि गरेको छ । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर पाँच अर्ब ७५ करोड पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

त्यस्तै,  कुमारी बैंकले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब एघार करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा चार सय गुणाले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी आठ रुपैयाँ ६ पैसा रहेको भने  सिद्धार्थ बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेर एक अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकले १३.२२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ । बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर आठ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा छ ।

त्यस्तै, सरकारी स्वामित्वको  कृषि विकास बैंकले चार अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी सात प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा पुगेको छ ।

यस्तै, सानिमा बैंकले  सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ । अघिल्लो वर्ष १०.६६ प्रतिशत थियो ।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२१ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.५१ प्रतिशत थियो ।
अर्को, सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा दुई प्रतिशतले घटेर एक अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

तर बैंकको खुद ब्याज आम्दानी करिव १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । अरु बैंकहरुले समेत आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने क्रम जारी छ ।