१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल



अ+ अ-

ललितपुर: राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अघिल्लो पुस्ताको लागि नभइ अब बन्ने नीतिहरु आधुनिक पुस्ताको लागि हुनुपर्ने बताउनु भयो । उहाँले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा कोर्नुपर्ने बताउनु भयो । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गर्नुभयो । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बितेर जाँदै गरेको म र म भन्दा अघिल्लो पुस्ताको लागि भन्दा पनि आधुनिक पुस्ताको लागि हामीले नीति बनाउनुपर्नेछ । संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा यस्तो कोर्नुप¥यो की देश निर्माणको लागि ५० वर्षको नक्शा कोर्नुपर्छ । जुन नक्शामा टेकेर देश निर्माण हुनसक्छ, युवापुस्ता यहीँ बस्न सक्छ । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको हामीले देखेका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेको जस्तो लाग्ला तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्न लायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरुले पनि भनिरहेको अवस्था छ । यसको अर्थ सबैजना रास्वपा नै हुनुपर्छ, यो नै अन्तिम हो भन्ने होइन ।’

कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना व्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल