१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने थुनामै रहने आदेश



अ+ अ-

बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने आदेश जारी गरेको छ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासबाट आएको आदेशपछि लामिछाने बुटवलस्थित सुप्रीम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमै रहने छन्।

गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले आफू ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गराउने सुनिश्चितता दिन तयार रहेको बताएका थिए।

यसका लागि उनले साउन १९ गते २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै निवेदन दिएका थिए।तर अदालतले उक्त निवेदन अस्वीकार गर्दै उच्च अदालत र सर्वोच्च अदालतको अघिल्लो आदेशलाई कायम राखेको हो।