२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस एण्ड मिसेस युनिभर्सल सिजन ४ का लागि आवेदन खुला



अ+ अ-

काठमाडौं। स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४”को आवेदन खुला गरिएको छ। सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन साउन ३१ गते हुने तय भएको छ।

पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता अन्सु बर्मा, मिसेस युनिभर्सल सिजन २ र ३ का विजेता निर्णायकका रूपमा उपस्थित थिए। प्रतियोगिताका अफिसियल कोरियोग्राफर अन्जल कुँवर रहेका छन् भने कार्यक्रम कोअर्डिनेटर अस्मिता राई (अमृता) हुन्।

आयोजकका अनुसार ग्राण्ड फिनाले असोज ३ गते नेपाल प्रहरी क्लबको हल, प्रदर्शनी मार्गमा भव्य रूपमा आयोजना हुनेछ। प्रतियोगिताले प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर उपलब्ध गराउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै स्पार्कल इन्टरटेनमेन्टका अध्यक्ष नितु श्रेष्ठले प्रतियोगिताले सहभागी महिलाहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिभा विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

उनले निष्पक्ष मूल्याङ्कन, पेशेवर प्रशिक्षण र अवसरहरूको माध्यमबाट प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने उद्देश्य रहेको बताइन्।