२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भवः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा आईतवार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताउनुभएको हो ।  हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उहाँको भनाई छ । जनताको धाराणा निजी क्षेत्रप्रति सकरात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकरात्मक हिसावले जबसम्म आममानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरुको धाराण बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरु, पूर्वाधार बढाउने कुराहरु असम्भव छ ।’

उहाँले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताउनु भयो । तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान खोल्यो भने त्यहाँवाट तत्काल धेरैलाई रोजगार दिनसक्ने बताउनु भयो । उहाँले निजी क्षेलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले रोजगार सिर्जना गर्ने कुरा धेरै गाह्रो छ तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान, व्यवसायीक गतिविधि ग¥यो भने त्यसले हजारौँ जनालाई तुरुन्तै रोजगार दिन सक्ने, रेभिन्यु दिनसक्ने  अवस्था छ । त्यसकारण निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’ 

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उहाँको भनाई छ । सरकारले केही कानूनहरुलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि उहाँले बताउनु भयो ।