काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा आईतवार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताउनुभएको हो । हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उहाँको भनाई छ । जनताको धाराणा निजी क्षेत्रप्रति सकरात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकरात्मक हिसावले जबसम्म आममानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरुको धाराण बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरु, पूर्वाधार बढाउने कुराहरु असम्भव छ ।’
उहाँले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताउनु भयो । तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान खोल्यो भने त्यहाँवाट तत्काल धेरैलाई रोजगार दिनसक्ने बताउनु भयो । उहाँले निजी क्षेलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले रोजगार सिर्जना गर्ने कुरा धेरै गाह्रो छ तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान, व्यवसायीक गतिविधि ग¥यो भने त्यसले हजारौँ जनालाई तुरुन्तै रोजगार दिन सक्ने, रेभिन्यु दिनसक्ने अवस्था छ । त्यसकारण निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’
सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उहाँको भनाई छ । सरकारले केही कानूनहरुलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि उहाँले बताउनु भयो ।










