३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही- ३ उपनिर्वाचन: उम्मेदवार हुन आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा



अ+ अ-

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आवेदन दिएका ९ जना आकांक्षी सँग सामूहिक छलफल गरेको छ । रास्वपाले प्राइमरी इलेक्सनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग गरेको थियो ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै आवेदन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय चस्मतिमा भै रहेको छलफललाई सहमहामन्त्री विपिनकुमार आचार्यले सहजिकरण गर्नुभएको छ । छलफलमा कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठक समेत सहभागी हुनुहुन्छ ।