२१ मंसिर २०८२, आईतवार
,
Latest
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोमा ४ पदक



अ+ अ-

काठमाडौँ: नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार ३ स्वर्ण र १ रजत गरी ३ पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए । केनिशले मलेसिया, गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई पराजित गरेको प्रशिक्षक श्रीकृष्ण खड्काले जनाएका छन् ।

पुरुष ७४ केजीमुनि सन्दिप बस्नेतले रजत हात पारे । सन्दिप फाइनलमा पाकिस्तानी खेलाडीसंग पराजित भए । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा व्यवस्थापकमा गणेशबहादुर खड्का रहेका छन् ।