२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा गाईजात्राको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत् नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्षदिनभित्र दिवंगत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाइजात्रा (सापारु) पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले यस्ता पर्वले समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै हास्य–व्यंग्यमार्फत समाजमा विद्यमान विकृति–विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने भएकाले यो पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ–

नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्षदिनभित्र दिवंगत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाइजात्रा (सापारु) पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पुर्खाप्रति कृतज्ञता प्रकट गर्ने, मृत्युलाई जीवनको शाश्वत सत्यका रूपमा स्वीकार गर्ने, समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने तथा हास्य–व्यंग्यमार्फत समाजमा विद्यमान विकृति–विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने यो पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाइजात्रा पर्व हाम्रो सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब हो । यस पर्वले पितृआशीर्वादसहित आपसी सम्मान, सहिष्णुता र सांस्कृतिक गौरवको भावना अझ प्रगाढ बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।