काठमाडौँ । ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ ।
शनिवार काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह शुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ । भृकुटी मण्डपबाट शुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेर कार्यक्रमस्थल जानेछ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।










