१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिग दोस्रो संस्करणः खेलाडीको अक्सन आज



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि आज खेलाडीको अक्सन हुदैछ । आज दिउँसो ३ बजेर ४५ मिनेटबाट अक्सन सुरु हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

अक्सनका लागि क्यानले १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । अक्सनका लागि दर्ता हुन आएका ४५८ खेलाडीबाट क्यानले १५० खेलाडीलाई अन्तिम अक्सनका लागि छनोट गरेको थियो ।

एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।

ती खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ए मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।

त्यस्तै श्रेणी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन् ।

अक्सनको प्रत्यक्ष प्रशारण एनपिएलको आधिकारिक युट्युब च्यानलबाट प्रशारण हुनेछ।