काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि आज खेलाडीको अक्सन हुदैछ । आज दिउँसो ३ बजेर ४५ मिनेटबाट अक्सन सुरु हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
अक्सनका लागि क्यानले १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । अक्सनका लागि दर्ता हुन आएका ४५८ खेलाडीबाट क्यानले १५० खेलाडीलाई अन्तिम अक्सनका लागि छनोट गरेको थियो ।
एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।
ती खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ए मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।
त्यस्तै श्रेणी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन् ।
अक्सनको प्रत्यक्ष प्रशारण एनपिएलको आधिकारिक युट्युब च्यानलबाट प्रशारण हुनेछ।










