२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले बोलायो बैठक



अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी भदौ ८ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

पार्टीभित्रको वैचारिक विवाद र संगठनात्मक आन्तरिक द्वन्द्व समाधानका उद्देश्यले बैठक बोलाइएको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन्।

बैठकमा पार्टी सुदृढीकरण, वडा तहमा सम्पन्न गतिविधिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी शक्तिबीच एकता, र समान विचारधारा भएका दलसँगको सहकार्यबारे निर्णय गरिनेछ।

यस्तै, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा सञ्चालन भएका अभियानको समीक्षा, नेताहरूलाई दिइएका भूगोल–केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको मूल्याङ्कन गरिनेछ। साथै, केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार र योजनाको कार्यान्वयन अवस्थामाथि पनि छलफल हुने जनाइएको छ।