५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवलाई झलनाथको जवाफ- जबज मान्ने भए एमालेमा गए हुन्छ,किन यता बसेको ?



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माधव नेपाललाई नै एमालेमा जान सुझाब दिनुभएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिनुभए पछि उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

खनालले नेपाललाई ‘आफ्नो अनुहार ऐनामा हेर्न’ र आफैँ एमाले फर्किने बारे सोच्न आग्रह व्यंग्यात्मक आग्रह गर्नुभएको छ। न्युज एजेन्सी नेपालमार्फत प्रतिक्रिया दिनुहुँदै सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैँले ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई त्याग्न नसकेको आरोप लगाउनुभयो । ‘जबज’ को मुख्य केन्द्र नेकपा (एमाले) नै भएकाले, जबज छोड्न नसक्ने अध्यक्ष नेपाल स्वयं एमालेमा फर्कनु तर्कसंगत हुने झलनाथ खनालले बताउनुभयो।

यो पनि पढ्नुहोस –झलनाथलाई माधव नेपालले भने: विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने ओलीजीको सेवा गरेर बसे हुन्छ

नेता खनालले भन्नुभयो- पार्टीको दशौं महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादको कार्यक्रम भन्दा पनि जनताको बहुदलीय जनवाद (जबज) तिर रुचि राख्ने माधव नेपाल चाहिँ एमाले फर्कनु राम्रो हुन्छ , उहाँले विचार गरे हुन्थ्यो नि ।

उहाँले भन्नुभयो -‘हामीले विद्रोह गरेको चार वर्ष भइसक्यो, महाधिवेशन भएको १३ महिना भइसक्यो, यो अवधिमा समेत न वैज्ञानिक समाजवादको कार्यक्रम प्रकाशित भएको छ, न विद्रोहको पुष्टि गर्ने कुरामा गहन ढंगले नै कदम चालिएको छ बरु माधव कमरेडले पटकपटक भन्ने गर्नु हुन्छ बहुदलीय जनवाद त छोड्नै सकिँदैन, बहुदलीय जनवाद बिना त अगाडि बढ्नै सक्दैनौ ।’

बहुदलीय जनवाद छोड्न नसक्ने हो भने उहाँका लागि उपयुक्त पार्टी एमाले नै भएको खनालले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै नेकपा एमाले हो । बहुदलीय जनवाद नै भन्नु हुन्छ भने पनि यो त (एकीकृत समाजवादी) सानो बहुदलीय जनवाद हो । यो भन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले विचार गरे हुन्थ्यो नि ।’




भर्खरै