२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नालाको भुक्तानीमा एक लाख घुस लिएको आरोपमा कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

सिरहा । नालाको भुक्तानी दिनेक्रममा घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कल्यापुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर तेलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । उजुरी निवेदनका आधारमा थप अनुसन्धान गर्दै जाँदा मेयर साहले कल्याणपुर नगरपालिका–६ स्थित पक्की नालाको निर्माणपश्चातको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको छ ।