१ भाद्र २०८३, सोमबार
,
Latest
चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैनः सांसद साउद



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव नभएको प्रष्ट पार्नुभयो । उहाँले नेपालको जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य भएको पनि बताउनु भयो । नेपालको आफ्नै नीति र भौगोलिक समस्याको कारण विगतमा जलस्रोतको न्युनतम उपयोग गर्न पनि नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रोडक्ट किन्ने मुलुकको बजार अन्वेषण गर्ने कुरा हाम्रो हातमा हुन्छ । तर त्यो मुलुकको प्राथमिकता निर्धारण गर्ने कुरा चाँही हाम्रो हातमा हुदैन । त्यसैले हामी चाँही हाम्रो उर्जा तथा जलस्रोतलाई कसरी बढीभन्दा बढी मूल्यमा बेच्ने भन्ने विषयमा रणनीति बनाऔँ । त्यसका लागि  खासै अनुसन्धान भएको छैन । त्यसमा लाग्नुपर्ने अवस्था छ । तर फलानो देशले फलानो कुरा नै गर्नुपर्छ भनेर हामीले प्राथमिकता निर्धारण गर्न थाल्यौं भनेपछि गाह्रो हुन्छ । हामीले विगतमा जलस्रोतको न्युनतम उपयोग गर्ने कुरामा पनि चुकेको जस्तो देखिन्छ । पञ्चायतमा जलस्रोतका विषयमा सम्झौता गर्ने नीतिका कारण जलस्रोतको दोहन नभएको हो । हाम्रो भूवनोटको समस्या पनि छ । त्यसकारण  हामीले जलविद्युत उत्पादन गर्दापनि कति आउटपुट दिन्छ भन्ने कुरामा रिसर्च र एनालाईसिस गर्नुपर्छ । भारतलाई बाईपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था पनि छैन । ट्रान्समिसन लाइन भएपनि भारतले नै दिनुपर्छ । त्यस्तो अवस्थामा भारतमा उर्जाको माग कस्तो भन्ने विषयमा एउटा उपयुक्त रणनीति बनाएर हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

सांसद साउदले निजी क्षेत्रसँग सहकार्य गरेर जलस्रोतको अधिकतम उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।