२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या



अ+ अ-

एजेन्सी । ‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल–ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको खेलकुदको स्थानीय प्रशासकीय निकायले जनाएको छ ।

प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।”

गाजा भोकमरीको सङ्कटमा परेको अवस्थामा, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत महिना इजरायली सेनाले मे महिनाको अन्त्यदेखि यस क्षेत्रमा खाद्यान्न सहायता लिन खोजिरहेका एक हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको हत्या गरेको बताएको थियो ।

गाजाको खादामत अल–शती क्लबका पूर्व स्टार ओबेदले प्यालेस्टिनी टोलीका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । “आफ्नो लामो करियरमा, अल–ओबेदले एक सयभन्दा बढी गोल गरे, जसले उनलाई प्यालेस्टिनी फुटबलको सबैभन्दा चम्किला ताराहरू मध्ये एक बनायो”, पिएफएले भनेको छ ।

मिडफिल्डर ओबेदले इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैंकको अल–अमारी युथ सेन्टर क्लबका लागि पनि खेलेका थिए ।सन् २०१० मा त्यहाँ बस्दै गर्दा, ओबेद मौरिटानियामा मैत्रीपूर्ण खेलका लागि जाँदै गर्दा ‘सुरक्षा कारणहरू’ का लागि जोर्डन सीमामा फिर्ता गरिएका गाजाका राष्ट्रिय टोलीका छ खेलाडी मध्ये एक थिए ।

खेलाडीहरूले वेस्ट बैंकमा खेल्न अनुमति दिने विशेष अनुमतिपत्र नवीकरण गर्न असफल भएको एक इजरायली सुरक्षा अधिकारीले त्यतिबेला बताएका थिए । “जब मैले सुनेँ कि हामीलाई यात्रा गर्नबाट निषेध गरिनेछ म धेरै दुःखी भएँ, किनभने कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय जर्सी लगाउने सपना देख्छ”, ओबेदले सन् २०१० मा एएफपीलाई भनेका थिए, “हामी संसारका अन्य ठाउँका खेलाडीहरू जस्तै आफ्ना परिवारहरूसँग स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम हुन चाहन्छौँ ।”

यसअघि इजरायलले छ खेलाडीलाई टोलीसँग यात्रा गर्न अनुमति दिएको थियो ।गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्ध सुरु भएदेखि खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन् । तीमध्ये फुटबल समुदायका तीन सय २१ जना छन् ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणले गाजामा कम्तीमा ६१ हजार दुई सय ५८ जनाको ज्यान लिएको छ । आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।