४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या

गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या
अ+ अ-

एजेन्सी । ‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल–ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको खेलकुदको स्थानीय प्रशासकीय निकायले जनाएको छ ।

प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।”

गाजा भोकमरीको सङ्कटमा परेको अवस्थामा, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत महिना इजरायली सेनाले मे महिनाको अन्त्यदेखि यस क्षेत्रमा खाद्यान्न सहायता लिन खोजिरहेका एक हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको हत्या गरेको बताएको थियो ।

गाजाको खादामत अल–शती क्लबका पूर्व स्टार ओबेदले प्यालेस्टिनी टोलीका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । “आफ्नो लामो करियरमा, अल–ओबेदले एक सयभन्दा बढी गोल गरे, जसले उनलाई प्यालेस्टिनी फुटबलको सबैभन्दा चम्किला ताराहरू मध्ये एक बनायो”, पिएफएले भनेको छ ।

मिडफिल्डर ओबेदले इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैंकको अल–अमारी युथ सेन्टर क्लबका लागि पनि खेलेका थिए ।सन् २०१० मा त्यहाँ बस्दै गर्दा, ओबेद मौरिटानियामा मैत्रीपूर्ण खेलका लागि जाँदै गर्दा ‘सुरक्षा कारणहरू’ का लागि जोर्डन सीमामा फिर्ता गरिएका गाजाका राष्ट्रिय टोलीका छ खेलाडी मध्ये एक थिए ।

खेलाडीहरूले वेस्ट बैंकमा खेल्न अनुमति दिने विशेष अनुमतिपत्र नवीकरण गर्न असफल भएको एक इजरायली सुरक्षा अधिकारीले त्यतिबेला बताएका थिए । “जब मैले सुनेँ कि हामीलाई यात्रा गर्नबाट निषेध गरिनेछ म धेरै दुःखी भएँ, किनभने कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय जर्सी लगाउने सपना देख्छ”, ओबेदले सन् २०१० मा एएफपीलाई भनेका थिए, “हामी संसारका अन्य ठाउँका खेलाडीहरू जस्तै आफ्ना परिवारहरूसँग स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम हुन चाहन्छौँ ।”

यसअघि इजरायलले छ खेलाडीलाई टोलीसँग यात्रा गर्न अनुमति दिएको थियो ।गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्ध सुरु भएदेखि खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन् । तीमध्ये फुटबल समुदायका तीन सय २१ जना छन् ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणले गाजामा कम्तीमा ६१ हजार दुई सय ५८ जनाको ज्यान लिएको छ । आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।