२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ
सञ्चारमन्त्री गुरुङ–सम्बोधन काठमाडौँ, २२ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार काठमाडौँमा आयोजित ‘जापान—नेपाल आइटी फोरम २०२५’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै। तस्बिरः मधु शाही÷रासस
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल अब दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’का रूपमा स्थापित हुँदै गरेको बताउनुभएको छ ।

आज जापान–नेपाल आइटी एसोसिएसन(जेएनआइटिए)द्वारा यहाँ आयोजित जापान–नेपाल आइटी फोरम, २०२५ मा उहाँले मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले पनि सूचना प्रविधिको हब बनाउन उपयुक्त स्थान भएकाले जापानसँग आइटी उद्योग सञ्चालन गर्न आह्वान गर्नुभयो ।

“जापानी नवप्रवर्तन, लगानी र प्रविधिमा नेतृत्वलाई नेपालले स्वागत गर्न तयार छ”, मन्त्री गुरुङले भन्नुभयो, “जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्रविधि उद्यमीलाई नेपालको डिजिटल यात्रामा सहभागी हुन म आह्वान गर्दछु ।”

उहाँले नेपाल सरकार नियामकीय स्पष्टता, नीतिगत समन्वय र पूर्ण संस्थागत सहयोग प्रदान गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभयो । जापान र नेपालको प्राविधिक सहकार्यलाई नयाँ उचाइ दिने उद्देश्यले आयोजित जापान–नेपाल आइटी फोरमले दुई देशबीचको डिजिटल कूटनीतिलाई संस्थागत आधार प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै उहाँले सम्मेलन ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।

“नेपाल सरकारकोतर्फबाट म जापान सरकार, नेपालस्थित जापानी राजदूतावास, आयोजक संस्था टिएआइ, विभिन्न उद्योग साझेदार र सहभागी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु”, उहाँले भन्नुभयो, “यस मञ्चले दुई देशका दूरदृष्टि भएका वैज्ञानिक, नीति निर्माता, प्राविधिक विज्ञ र उद्योग नेताहरूलाई एउटै छानामुनि ल्याउने अवसर दिएको छ ।”

उहाँले सम्मेलनमार्फत नेपाल–जापान आइटी करिडोरको आधार निर्माण हुने अपेक्षा व्यक्त गर्नुभयो । “हामी यो साझेदारीलाई दीर्घकालीन रणनीतिक सम्बन्धको सुरुआतका रूपमा हेरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जापानबाट नवप्रवर्तन, पूर्वाधार र लगानीमा सहकार्य, परामर्श र साझेदारीको अपेक्षा गरेका छौँ । नेपालले युवाशक्ति, रणनीतिक भौगोलिक अवस्था र स्वाभाविक सम्पदासहित दक्षिण एसियाको सम्भावित डिजिटल केन्द्र बन्ने सामथ्र्य राख्छ ।”

मन्त्री गुरुङले नेपाल सरकार जापानी लगानीलाई आइटी हब, कम्प्युटिङ केन्द्र, बिपिओ र सफ्टवेयर आउटसोर्सिङ क्षेत्रमा स्वागत गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “हामी नीति, कर छुट, पूर्वाधार तथा एकद्वार प्रणालीमार्फत लगानी अनुकूल वातावरण बनाउन तयार छौँ”, उहाँले भन्नुभयो ।

नेपालले डिजिटल नेपाल फ्रेमवर्क २.० अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासनजस्ता क्षेत्रलाई पूर्ण रुपमा डिजिटलाइज गर्न चाहेको उल्लेख गर्दै मन्त्री गुरुङले यसका लागि जापानसँग प्रविधि तथा लगानीमा साझेदारीको माग गरिएको बताउनुभयो ।

नेपालमा हरित ऊर्जामा आधारित डेटा सेन्टर स्थापना गर्न, ग्रामीण कनेक्टिभिटीका लागि आफ्नै स्याटेलाइट प्रक्षेपण गर्न जापान सरकारसँग सहकार्यको प्रस्ताव गरिएको उहाँको भनाइ थियो । साथै, साइबर सुरक्षा प्रणाली, फाइबर अप्टिक विस्तार, टेलिकम सुधार, फाइभजीलगायत क्षेत्रमा पनि उहाँले सहकार्यको खाँचो औँल्याउनुभयो ।

नेपाल सरकारले जापानसँग मिलेर एआई एक्सेलेन्स सेन्टर, डाटा सेन्टर स्थापना र एआई शिक्षादेखि अनुसन्धानसम्मका कार्यक्रम सञ्चालन गर्न चाहेको पनि मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा स्वर्णीम वाग्लेले जापानसँग प्राविधिक व्यवसाय गर्ने प्रशस्त आधार रहेको उल्लेख गर्दै ठूला कम्पनीबाट बृहत् व्यवसाय सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “पछिल्लो समय आइटीमा युवाको भविष्य राम्रो देखिएको छ, यसका लागि विदेशी लगानीमात्रै होइन, लगानी बाहिर पनि सहजै लैजान सकिने सहज वातावरण सिर्जना गराउन सरकारले आवश्यक नीति ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा जापान–नेपाल आइटी एसोसिएन(जेएनआइटिए) का अध्यक्ष शरद राईले जापानमा आइटी व्यवसायका प्रशस्त सम्भावना भएको र त्यस अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा जापानका सूचना प्रविधिका जानकार, व्यवसायी र नेपाली युवा आइटी उद्यमीबीच छलफलसमेत भएको थियो । रासस