३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलको आग्रह :‘दशौं खेलकुद प्रतियोगिताको मिति तोक्नुहाेस्’



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित नहुने गरी मिति तोक्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आग्रह गरेका छन्।

दशौं राष्ट्रिय खेलकुदसम्बन्धी परामर्शका लागि बिहीबार सुर्खेत आएका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले विगतमा मिति तोकिए पनि प्रतियोगिता हुन नसकेको भन्दै अब यस्तो नदोहोरिने गरी स्पष्ट मिति तय गर्नुपर्नेमा जोड दिए।

“पटक–पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा नकारात्मक सन्देश गएको छ,” उनले भने, “अब त्यस्तो गल्ती नदोहोऱ्याउनुहोस्।” कँडेलले कर्णाली प्रदेश सरकार खेलकुद आयोजनाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोजनामा प्रदेश सरकारको कारणले अवरोध नआउने स्पष्ट पारे। उनले प्रतियोगिता स्थगन नहोस् भन्ने सुनिश्चित गर्न संघीय र प्रदेश सरकारबीच जिम्मेवारी स्पष्ट हुने गरी तालिका तयार पार्न आग्रह गरे।

त्यस्तै, उनले पूर्वाधार निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै प्रतियोगिता सञ्चालनका नाममा अनावश्यक उपसमितिहरू गठन नगर्न चेतावनीसमेत दिए। “यहाँ नभएका जनशक्ति बाहिर ल्याउनु ठीक छ, तर जम्बो उपसमिति बनाउने प्रवृत्तिबाट टाढा रहनुपर्छ,” उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि खेलकुद प्रतियोगिता स्थगन नहोस् भनेर सरोकारवालाहरूलाई निर्देशन दिएको स्मरण गराउँदै मुख्यमन्त्री कँडेलले त्यो निर्देशन पालना गर्न खेलकुद मन्त्रीलाई आग्रह गरे।

छलफलमा कर्णालीका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री धनश्याम भण्डारीलगायत सहभागी थिए। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अब केही समयभित्र प्रतियोगिताको मिति तोकिने जानकारी दिँदै प्रदेश सरकार त्यसअनुसार तयारीमा जुट्नुपर्ने बताए।