३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका, क्यानडा, क्रोएसिया, युएइ पठाउने भन्दै ठगीमा संलग्न चार जना पक्राउ



अ+ अ-

काठमाडौं: नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बैदेशिक रोजगारी सम्बन्धी ठगी कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा तनहुँको भानु नगरपालिका स्थायी ठेगाना रहेका योगराज गुरुङ, सर्लाहीको लालबन्दीका खेम कुमारी श्रेष्ठ मानन्धर, बाग्लुङ जैमिनीका रामचन्द्र शर्मा र सुनसरीको धरानका राजु मगर रहेका छन् ।

प्रहरीका अनुसार, योगराज गुरुङले एक व्यक्तिलाई क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट आठ लाख रुपैयाँ लिएका थिए । त्यस्तै, खेम कुमारीले चार जनाबाट पाँच लाख लिई युएई पठाइदिन्छु भन्दै रकम लिएकी थिइन् ।

रामचन्द्र शर्माले भने पूर्वी युरोपेली मुलुक क्रोएसिया पठाइदिन्छु भन्दै एक व्यक्तिबाट दुई लाख ३५ हजार लिएर फरार भएका थिए । त्यस्तै, एक व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिएर फरार थिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर लामो समयसम्म झुक्याउँदै आएपछि पीडितहरुले प्रहरी समक्ष निवेदन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कारबाही गर्न बैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताएका छन् ।