३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं गोर्खाजको नतिजाबारे बोल्नु हतार हुन्छः मोन्टी देसाई



अ+ अ-

काठमाडौँ । काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटमा फरक ढंगले काम गर्न पाउँदा उत्साहित रहेको र अहिले नै यस सिजनको एनपिएलको नतिजाबारे बोल्नु छिटो हुनसक्ने बताएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका मोन्टी देसाई बिहीवार नेपाल आइपुगेका छन् । देसाईलाई काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बिहीवार नेपाल आएका मोन्टीले काठमाडौं गोर्खाज पछिल्लो सिजन पाँचौं स्थानमा रहेको र यसपल्ट अभैm राम्रो टोली निमार्ण गर्ने आशा व्यक्त गरेका छन् । आगामी मिनी अक्सनमा धेरै खेलाडीलाई हेर्न उत्साहित पनि रहेको बताएका छन् ।

करण केसी र अन्य राम्रो खेलाडी रहेको र अन्य राम्रो खेलाडी पनि टोलीमा आवद्ध गराउने उनको लक्ष्य छ । नेपाली टोलीका ब्याटरलाई अक्शनबाट ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । उनले बलिङ डिपार्टमेण्टमा काठमाडौं गोर्खाज राम्रो रहेको पनि बताएका छन् । छिटै मैदानमा टियु मैदानमा जान उत्साहित रहेको पनि मोन्टीको भनाइ छ । अक्शनमा ब्याटर खरिद गर्नका लागि धेरै अप्सन नरहे पनि त्यसमा टोलीका प्रशिक्षक वसन्त शाहीले काम गरिरहेको बताए । उनले नेपालको क्रिकेट विकास गर्न फ्रेन्चाइज क्रिकेट महत्वपूर्ण रहेको र त्यसको उदाहरण नन्दन यादव रहेको बताएका छन् ।

एनपिएलको दोस्रो  संस्करणका लागि शनिवार मिनी अक्सन हुँदै छ । काठमाडौंले एनपिएलको दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहव आलम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई निरन्तरता दिएको छ ।