४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौं गोर्खाजको नतिजाबारे बोल्नु हतार हुन्छः मोन्टी देसाई

काठमाडौं गोर्खाजको नतिजाबारे बोल्नु हतार हुन्छः मोन्टी देसाई
अ+ अ-

काठमाडौँ । काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटमा फरक ढंगले काम गर्न पाउँदा उत्साहित रहेको र अहिले नै यस सिजनको एनपिएलको नतिजाबारे बोल्नु छिटो हुनसक्ने बताएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका मोन्टी देसाई बिहीवार नेपाल आइपुगेका छन् । देसाईलाई काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बिहीवार नेपाल आएका मोन्टीले काठमाडौं गोर्खाज पछिल्लो सिजन पाँचौं स्थानमा रहेको र यसपल्ट अभैm राम्रो टोली निमार्ण गर्ने आशा व्यक्त गरेका छन् । आगामी मिनी अक्सनमा धेरै खेलाडीलाई हेर्न उत्साहित पनि रहेको बताएका छन् ।

करण केसी र अन्य राम्रो खेलाडी रहेको र अन्य राम्रो खेलाडी पनि टोलीमा आवद्ध गराउने उनको लक्ष्य छ । नेपाली टोलीका ब्याटरलाई अक्शनबाट ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । उनले बलिङ डिपार्टमेण्टमा काठमाडौं गोर्खाज राम्रो रहेको पनि बताएका छन् । छिटै मैदानमा टियु मैदानमा जान उत्साहित रहेको पनि मोन्टीको भनाइ छ । अक्शनमा ब्याटर खरिद गर्नका लागि धेरै अप्सन नरहे पनि त्यसमा टोलीका प्रशिक्षक वसन्त शाहीले काम गरिरहेको बताए । उनले नेपालको क्रिकेट विकास गर्न फ्रेन्चाइज क्रिकेट महत्वपूर्ण रहेको र त्यसको उदाहरण नन्दन यादव रहेको बताएका छन् ।

एनपिएलको दोस्रो  संस्करणका लागि शनिवार मिनी अक्सन हुँदै छ । काठमाडौंले एनपिएलको दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहव आलम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई निरन्तरता दिएको छ ।