४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाली क्रिकेट टोलीद्वारा खेलकुद विज्ञान अनुसान्धन केन्द्रमा परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा

नेपाली क्रिकेट टोलीद्वारा खेलकुद विज्ञान अनुसान्धन केन्द्रमा परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका सदस्यहरूले खेलकुद विज्ञान अनुसान्धन केन्द्रबाट पहिलोपल्ट स्पोटर््स बायोमेकानिक परीक्षण गर्न पाउँदा धेरै उत्साहित रहेको र यसबाट प्रदर्शनमा पनि सुधार आउने अपेक्षा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत असार २४ गते मात्र नेपालमा पहिलोपल्ट खेलकुद विज्ञान अनुसान्धन केन्द्र स्थापना गरेको छ । खेलाडीको स्तर सुधार गर्ने उद्देश्यसहित सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्थापित उक्त अनुसन्धान केन्द्रबाट नेपाली खेलाडी लाभान्वित भइसकेका छन् ।

नेपाली क्रिकेट टोलीका बलर सोमपाल कामीले आफ्नो शरीरमा भएको समस्या अनुसन्धान केन्द्रको परीक्षणबाट जानकारी थाहा पाएको बताए । अब आफूले के—के गर्नुपर्छ भन्ने प्रक्रिया पनि दिएको उनी बताउँछन् । आफ्नो शरीरलाई सन्तुलनमा राख्ने यो अनुसन्धान केन्द्रले मद्दत गर्ने अनुभवी बलर सोमपाल कामी बताउँछन् । ढिलै भएपनि यो प्रविधि नेपालमा भित्रिनु नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उनको भनाइ छ ।

खेलकुद विज्ञान अनुसान्धन केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले हालसम्म ६५ खेलाडी लाभान्वित भएको बताए । पछिल्लो समय विभिन्न खेलका राष्ट्रिय टोलीका खेलाडीहरू लाभान्वित भइरहेका छन् । बिहीवार नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त अनुसन्धान केन्द्रमा परीक्षण गराएका थिए । नेपाली टोलीका अलराउण्डर नन्दन यादवले मसल्सको कमजोर र मजबुत पक्ष जानकारी लिन पाउँदा खुशी रहेको बताए । यस किसिमको परीक्षणले आफ्नो प्रदर्शनमा पनि सकरात्मक परिवर्तन आउने उनको विश्वास छ ।

सो अवसरमा क्रिकेट टोलीका फिजियोथेरापिस्ट लोकेन्द्र कुँवरले यो परीक्षणपछि खेलाडीहरूले रिहाब गर्न सहज हुने बताए । के के पक्षामा समस्या हो भन्ने पक्षमा जानकार हुँदा सहज हुने उनी बताउँछन् । नेपालमा पहिलोपल्ट यस्तो सुविधा हुनु नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उनको विश्वास छ । खेलाडीहरूले गरिरहेको फिटनेस परीक्षण सही हो या होइन भन्ने जानकारी लिन सहज हुने उनी बताउँछन् । यसले गर्दा खेलाडीहरूमा चोट कमी हुने उनको विश्वास छ । इन्जुरी प्रिभेन्सनका लागि यो महत्वपूर्ण रहेको उनी बताँछन् । खेलाडीहरूको शरीरमा के के पक्षको कमी छ र उनीहरूले सुधार गर्नुपर्ने प्रक्रियाहरूलगायत विषय अनुसन्धान केन्द्रको परीक्षणबाट रिपोर्ट आउँदछ ।

नेपाल क्रिकेट संघ (क्यान) सचिव तथा पूर्वकप्तान पारस खड्काले कुनै समयमा इन्डोर प्रशिक्षण गरिरहेको स्थानमा अहिले राखेप सदस्यसचिवको पहलमा हाई पर्पmमेन्स सेन्टर र रिसर्च सेन्टरमा खेलाडीको परीक्षण गर्नु पाउँदा खुशी रहेको बताए । एउटा खेलाडीले आफ्नो स्ट्रेन्थ ट्रेनिङ कसरी गर्ने भन्ने विषय अनुसन्धानमा आउनु सकरात्मक पक्ष रहेको उनी बताउँछन् । सबै खेलाडीलाई समेट्न गरी अनुसन्धान केन्द्र स्थापना गर्नु राम्रो पक्ष रहेको र सबै खेल संघले यसको सही सदुपयोग गनुपर्ने पूर्वकप्तान पारस खड्का बताउँछन् । अनुसन्धान केन्द्र पूर्णरूपमा सुविधासम्पन्न उपकरण रहेको उनको भनाइ छ । सबै खेलका खेलाडीलाई आवश्यक परीक्षण हुनु राम्रो रहेको उनी बताउँछन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुद विज्ञान अनुसन्धन केन्द्रको सदुपयोग गर्न आवश्यक दक्ष जनशक्ति पनि तयार भइरहेको बताएका छन् । अनुसान्धन केन्द्र सञ्चालन गर्नका लागि सामग्री खरिद गर्दा नै उपकरण चलाउन आवश्यक जनशक्ति प्रदान गर्न कम्पनीसँग सहकार्य भएको उनी बताउँछन् । सदस्यसचिव घिसिङले अस्ट्रेलिया, क्यानडा, कोरिया र अमेरिकालगायत राष्ट्रका उपकरणहरू अनुसन्धान केन्द्रमा प्रयोग भइरहेको र यसलाई चलाउन अहिलेका लागि राखेपसँग भएको जनशक्ति नै परिचालन गरिएको बताए । यद्यपि, आगामी दिनमा स्पोटर््स बायोमेकानिकल इन्जिनियरका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पास गरेर नै थप विशेषज्ञ नियुक्त गर्ने उनको भनाइ छ ।

उनले दक्षिण एशियाली खेलकुद, एशियाली खेलकुद र ओलम्पिक खेलेका खेलाडीहरूले आफ्ना खेल संघमार्पmत अनुसन्धान केन्द्रमा समय लिनसक्ने प्रावधान राखिएको बताएका छन् । सदस्यसचिव घिसिङले खेलाडीहरूका लागि सहजै परीक्षण गर्नसक्ने गरी व्यवस्थापन गरिएको दाबी गरेका छन् । यी बाहेक खेलाडीले भने केही एक जनाले तीन हजारका दरले आफ्नो परीक्षण गर्न पाउने उनी बताउँछन् । फिजियो र स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचसहित यसमा अनुधसन्धान केन्द्रमा आउँदा उपयोगी हुने राखेप सदस्यचिव घिसिङ बताउँछन् । यहाँ पाएको रिपोर्टअनुरूपमा सुधार गर्नुपर्ने र अनुसन्धान केन्द्रकै सफ्टवेयरले पनि सुधारका लागि आवश्यक प्रक्रिया दिने उनको भनाइ छ । मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो, जुडो र फुटबललगायतका खेलाडीले परीक्षण गरिसकेका छन् ।

यस केन्द्रमा बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आईसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्टर, शरीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौडने क्षमता, निर्णय गर्ने क्षमतालगायतका विषयमा परीक्षण हुनेछन् । राखेपले अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो ।