९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पाँच वर्षभित्र प्रत्येक नागरिकमा विपद् पूर्वसूचना प्रदान गरिनेछः गृहमन्त्री लेखक

पाँच वर्षभित्र प्रत्येक नागरिकमा विपद् पूर्वसूचना प्रदान गरिनेछः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्रहरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्ने बताउनुभएको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनप्राधिकरणले बिहीवार आयोजना गरेको सबैका लागि पूर्वसूचना राष्ट्रियकार्याशालालाई सम्बोधन गर्दै उहाँले पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिमपूर्व सूचना प्राप्त गर्ने बताउनुभएको हो । नेपालमा पनि एक तिहाई जनसंख्यामाप्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना पुग्न नसकेको उल्ल्ेख गर्दैउहाँले आगामी ५ वर्षभित्र सबैमा पूर्वसूचना पुराउने प्रतिवद्धता जनाउनु भयो।

उहाँले भन्नुभयो–“विपद्बाट बाँच्ने उपायहरु केके हुन् । आजको छलफलको मुख्य विषयहरु यिनै हुन् । जोखिमबाट बच्ने भनेको उपायमध्येको मितव्ययी र प्रभावकारी उपाय भनेको पूर्वसूचना नै हो । सूचनाभयो भने जोखिमबाट बाँच्न सकिन्छ । यदि सूचना भएन भने जोखिमबाट बाच्न सकिँदैन। जोखिम भइसकेपछि, ज्यान गइसकेपछि, सम्पतिको नोक्शानी भइसकेपछि अनि खोज उद्धार,पुनःनिर्माण पुनःस्थापना र प्रतिकार्यमा लाग्नुपर्छ । त्यसकारण नागरिकको ज्यानजोगाउनका लािग विपद् पूर्वसूचना आवश्यक छ । २०३० सम्ममा नेपालका प्रत्येकनागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ ।हामी अहिले त्यसको मार्गचित्र बनाउँदैछौँ । थोरै पछाडी परेका छौँ । अबको पाँचवर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सूचना पाउने सुनिश्चिता गर्छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले नेपाल बहुप्रकोपिय विपद्को जोखिममा रहेकाले सबैका लागिपूर्वसूचना प्राणालीलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुको विकल्पनरहेको बताउनु भयो । उहाँले विशेष गरेर थामे, रसुवा र हुम्लाको तील गाउँमा भएकाघटनाका प्रकृति भिन्नभिन्न भएकाले हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई सुक्ष्म अध्ययन गरेरती क्षेत्रमा विपद् पूर्वसूचना संयन्त्रको विकास गर्नुपर्नेम जोड दिनुभयो ।

उहाँले भन्नुभयो “हाम्रा हिमतालहरुको अध्ययन गर्न जरुरी छ । तील गाउँ होस् वा थामेको घटना,चीनले सूचना नदिएको कारण होइन । भोटेकोशीको बाढीमा चीनको सूचनाआवश्यक थियो । हाम्रो देशभित्रको अध्ययन अनुसन्धान हामीले गर्न जरुरी छ । अध्ययन गर्नेअनुसन्धानमा हाम्रो पहुँच पु¥याउन जरुरी छ । सही सूचना, सही समयमा पाउने संयन्त्रबनाउनआवश्यक छ । हाम्रा तथ्यांक संकलन गर्ने स्टेशन बढाउन आवश्यक छ । सूचनाप्रवाहको प्रणाली पनि अझ फराकिलो र प्रभावकारी बनाउन आवश्यक छ ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघीय आवासीयसंयोजक हाना सिंगर हाम्डाले पूर्वसूचना प्रणालीको विकास संयुक्त राष्ट्रसंघकोपनि प्राथमिकताको विषय भएको बताउनु भयो । उहाँले यसबारे संघ बाहिरका निकायहरुसँगमिलेर पनि काम गरिरहेको बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीकोविकास कुनै परियोजना नभएको बताउँदै अब संयुक्त रुपमा काम गर्नुपर्ने नयाँ बाटोभएको बताउनु भयो । सरकारलाई पूर्वसूचनामा सक्षम र सक्रिय बनाउनुपर्ने र सबैलेविपद्पूर्व नै काम गर्नसक्ने गरी संयन्त्र बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारसँग मिलेर काम गरिरहेका छौँ । पूर्वसूचनाप्रणालीको विकास हाम्रो पनि प्राथमिकताको विषय हो । यसबारे संयुक्त राष्ट्र संघकानिकाय बाहिरका संस्थासँग पनि मिलेर काम गरिरहेका छौँ । पूर्वसूचनाप्रणालीको विकास कुनै परियोजना होइन । यो त अब संयुक्त रुपमा काम गर्ने नयाँबाटो हो । हामीले सरकारहरुलाई सक्रिय र सक्षम बनाउनु छ । हामी सबैले विपद्पूर्व नै काम गर्नसक्ने गरी संयन्त्र बनाउनु छ । जसले जनधनको क्षति कम गर्न सकोस् । धेरै मानव जीवन बचाउन सकियोस् ।

सबैका लागि पूर्वसूचनाभित्र पूर्वचेतावनी प्रणालीका चार आधारभुत स्तम्भहरू समावेश छन् । विपद् जोखिमको ज्ञान, अवलोकनतथा निगरानी र पूर्वानुमान, सूचना संप्रेषण र सञ्चार र तयारी र प्रतिकार्यरहेका छन् । यसमा जोखिम डेटा सङ्कलन र जोखिमको जानकारी लिने, जोखिम बुझाइ सुधारगर्न खतरा र जोखिमहरूको मूल्याङ्कन गर्ने,जोखिम अनुगमन र पूर्व चेतावनीप्रणालीको विकास गर्ने, जोखिम जानकारी सञ्चार गर्ने र राष्ट्रिय र सामुदायिक प्रतिकार्यक्षमता निर्माण गर्ने कामहरु पर्दछन् । सबैका लागि पूर्वसूचना प्रणाली नेपालमाअधिकांश जोखिममा रहेका जनसंख्यालाई प्रकोप र जलवायु परिवर्तनको प्रभावबाट जोगाउनप्रभावकारी छ  । संयुक्त राष्ट्र संघकामहासचिवले सन् २०२२ नोभेम्बरमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीयसंरचना महासन्धिको २७ औं सम्मेलनमा पाँच वर्षभित्र “सबैलाई पूर्वसूचना प्रणाली” स्थापना गर्ने औपचारिक घोषणा गर्र्नुभएको थियो ।

“सबैकालागि पूर्वसूचना”– सन् २०२७ सम्म विश्वका प्रत्येक व्यक्ति बहुप्रकोपमाआधारित पूर्वसूचना प्रणालीद्वारा सुरक्षित हुने सुनिश्चित गर्न बनाइएको एकविश्वव्यापी पहल हो । विपद् जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणालीप्रभावकारी र मितव्यवी हुने भएतापनि संयुक्त राष्ट्र संघकाअनुसार विश्वका एक तिहाईजनसंख्या, खासगरी नेपालजस्ता अल्पविकसित देशहरूका नागरिकहरू पूर्व सूचनाप्रणालीबाट वञ्चित छन् । यसलाई मध्यनजर गर्दै हाल “सबैलाई पूर्वसूचना“अवधारणालाई कार्यान्वयन गर्न नेपाल लगायत ३० ओटा देशहरू छनोट भई, सबैलाईपूर्व सूचनाको राष्ट्रिय मार्गचित्र बनाई कार्यान्वयन गर्ने काम भइरहेको छ ।यसका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकोनेतृत्वमा प्रदेश तथा राष्ट्रियस्तरमा क्षेत्रगत विभिन्न परामर्श गोष्ठीहरू सम्पन्न भइसकेका छन्। सबैका लागि पूर्वसूचना मार्गचित्र बनाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारगृह मन्त्रालयको नेतृत्वमा सम्बन्धित मन्त्रालयहरू र विकास साझेदार संस्थाहरूको संयुक्तकार्यदल सक्रिय छ । दुईदिनसम्म चल्ने राष्टिय कार्यशालाले सबैका लािगपूर्वसूचना कार्यान्वयनका लागि नेपालको राष्ट्रिय मार्गचित्र (२०२५–३०) तयार गर्नेछ।