२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब जनताले बुझिसकेः महामन्त्री जबरा

संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब जनताले बुझिसकेः महामन्त्री जबरा
अ अ+ अ-

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ ।

उहाँले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताउनु भयो । उहाँले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताउनु भयो । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताउनु भयो । नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि दाबी गर्नुभयो । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उहाँको आरोप छ । नेपालीहरुले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरु उठाइरहेको र अब विस्तारै सफल हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रुपले असफल भइसकेको छ । यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । जनता पूर्ण रुपमा निराश भइसकेका छन् । नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प छैन । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर छौँ । अगुवाई गरिरहेका छौँ । नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ । नेपाली जनताले विस्तारै संघीयता र गणतन्त्र असफल भएको महशुस गरेकै छ । यसलाई परिवर्तन गर्नुपर्छ भनेर नेपाली जनताले सोच बनाइरहेको छ । अघि बढेको छ । राज्य तर्सेर, डराएर तीनकुने घटना र जेठको १५ गतेको आन्दोलनपछि हच्केको छ । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको छ । यो प्रयास सफल हुँदैन । किनभने नेपाली जनताले देशमा परिवर्तन चाहिन्छ, सयकडौँ राजा भन्दा एउटा राजा, संवैधानिक राजा, नेपाली जनताका छोराछोरीले राजनीति गर्ने, संविधानभित्र रहेर बस्ने राजाको कल्पना नेपाली जनताले गरिरहेको छ । यथार्थमा परिणत हुन्छ, सार्थक हुन्छ । अब चुप लागेर बसिरहने स्थिति छैन, बाटो देखाइरहेका छौँ, सहयोग गरेर अघि बढ्नुस् ।’

उहाँले बर्खापछि राष्ट्रवादी शक्तिहरु एकसाथ भएर अघि बढ्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल