३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी पेशाकर्मी समाजको स्थापना दिवसमा ब्याटमिन्टन प्रतियोगिता हुँदै



अ+ अ-

सुर्खेत। मध्यपश्चिम नापी पेशाकर्मी समाजको १६औं स्थापना दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । यही साउन २२ गतेदेखि सुरु हुने प्रतियोगिता जिल्ला ब्याटमिन्टन संघको कभर्ड हल, सुर्खेतमा सञ्चालन गरिनेछ ।

समाजका अध्यक्ष लोकप्रसाद धमालाका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नापी पेशाकर्मीहरूबीच आपसी एकता, भाइचारा तथा साझा हितको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । देशभरका नापी पेशाकर्मीहरूको सहभागिता रहने प्रतियोगितामा भेट्रान, सिनियर र जुनियर गरी तीन विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

भेट्रानतर्फ प्रथम हुने टोलीले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सिनियर र जुनियर समूहका विजेताहरूलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

धमालाका अनुसार प्रतियोगिताका लागि हालसम्म ५० टिमले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिताको उद्घाटन समारोह साउन २२ गते दिउँसो १ बजे वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिता साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।