२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासकीय अदालतको अध्यक्षका लागि टेक बहादुर घिमिरे सिफारिस



अ+ अ-

काठमाडौं: न्याय परिषदको बैठकले प्रशासकीय अदालतको अध्यक्ष पदका लागि नायब महान्यायाधीवक्ता (विशिष्ट श्रेणी) का रुपमा कार्य गरेका डा टेक बहादुर घिमिरेलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषदका प्रवक्ता डा अशोक कुमार क्षेत्रीका अनुसार, डा घिमिरेलाई प्रशासकीय अदालत २०७६ को दफा ३(१) बमोजिम नियुक्तका लागि सिफारिस गरिएको हो । डा घिमिरेले गत साउन ४ गते नायब महान्यायाधीवक्ता पदबाट अवकाश पाएका थिए । अब मन्त्रिपरिषदले डा घिमिरेलाई उक्त अदालतको अध्यक्षका लागि नियुक्त गर्नेछ ।

खासगरी निजामती सेवाका कर्मचारीसँग सम्बन्धित सरुवा, बढुवा, कारबाही लगायतका मुद्दाहरुको न्याय निरुपणको कार्य यस अदालतले हेर्ने गर्दछ । यद्यपी यस अदालतबाट भएका निर्णयमा चित्त नबुझे सम्बन्धित कर्मचारीले सर्वोच्च वा अन्य अदालतमा निवेदन दिन सक्नेछन् ।