३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासकीय अदालतको अध्यक्षका लागि टेक बहादुर घिमिरे सिफारिस



अ+ अ-

काठमाडौं: न्याय परिषदको बैठकले प्रशासकीय अदालतको अध्यक्ष पदका लागि नायब महान्यायाधीवक्ता (विशिष्ट श्रेणी) का रुपमा कार्य गरेका डा टेक बहादुर घिमिरेलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषदका प्रवक्ता डा अशोक कुमार क्षेत्रीका अनुसार, डा घिमिरेलाई प्रशासकीय अदालत २०७६ को दफा ३(१) बमोजिम नियुक्तका लागि सिफारिस गरिएको हो । डा घिमिरेले गत साउन ४ गते नायब महान्यायाधीवक्ता पदबाट अवकाश पाएका थिए । अब मन्त्रिपरिषदले डा घिमिरेलाई उक्त अदालतको अध्यक्षका लागि नियुक्त गर्नेछ ।

खासगरी निजामती सेवाका कर्मचारीसँग सम्बन्धित सरुवा, बढुवा, कारबाही लगायतका मुद्दाहरुको न्याय निरुपणको कार्य यस अदालतले हेर्ने गर्दछ । यद्यपी यस अदालतबाट भएका निर्णयमा चित्त नबुझे सम्बन्धित कर्मचारीले सर्वोच्च वा अन्य अदालतमा निवेदन दिन सक्नेछन् ।