२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

सरुवा–बढुवाका लागि मन्त्री र सचिव भेट्नुपर्ने कर्मचारी मनोविज्ञान अन्त्य गर्छुः मन्त्री न्यौपाने

सरुवा–बढुवाका लागि मन्त्री र सचिव भेट्नुपर्ने कर्मचारी मनोविज्ञान अन्त्य गर्छुः मन्त्री न्यौपाने
अ अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । दिनैपिच्छे सरुवा हुने तथा  कर्मचारीले सुरुवा बढुवाका लागि सचिव वा सहसचिवलाई भेट्नैपर्ने संस्कृतिको विकास हुँदा प्रशासनिक संयन्त्रमाथि व्यापक प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ ।

उहाँले मन्त्री र सचिवलाई भेटेपछि मात्र सरुवा हुने मनोविज्ञानको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरुवा र बढुवा अनुमानमा आधारित तथा पारदर्शी तरिकाले हुने प्रणालीको विकास गरेर प्रत्येक कर्मचारीले आफ्नो अवस्थाको सहज आँकलन गर्न सक्ने वातावरण बनाउनेमा आफ्नो जोड रहने बताउनु भयो । उहाँले कर्मचारीको सरुवा र बढुवाका लागि कर्मचारीले पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी सरुवामा धेरै  प्रश्नहरु उठेका छन् । प्रत्येक महिनामा सरुवा, प्रत्येक दिन सरुवा ! सरुवा बढुवा पनि कुनै नीतिमा टेकेर नहुने, विद्यमान ऐनमा टेकेर नहुने अवस्था छ । सुरुवा प्रणालीलाई हामी कसरी प्रश्न नउठ्ने बनाउन सक्छौं त ? यसलाई अनुमानमा आधारित कसरी बनाउन सक्छौं त ? प्रत्येक कर्मचारीले आफ्नो सरुवा र बढुवाबारे अनुमान गर्न सकोस् । भौतिक रुपमा सचिव, सहसचिवलाई भेटेपछि सरुवाको काम बन्छ भन्ने जे जस्तो मनोविज्ञान छ । त्यसलाई अन्त्य गर्नुपर्छ । मन्त्रालयमा धाउने, माथिल्लो तहको कर्मचारीलाई भेटेर मात्र मेरो काम बन्छ भन्ने संस्कृतिको अन्त्य गर्नुपर्छ । म यहाँ आइसकेपछि म पालिकाबाट मेयर आउनुभएको छ, उपमेयर, कर्मचारीहरु मलाई त्यहाँ काम गर्न अफ्ठ्यारो भयो भनेर आउनुहुन्छ । मलाई यहाँ सारिदिनुप¥यो । मलाई त्यहाँ सारिदिनुप¥यो भन्ने कुराहरु मात्र लिएर आउनुहुन्छ । यस्तो मात्र परिस्थिति किन बन्छ ? यसलाई किनै चेन्ज गर्नुपर्छ भन्ने परिस्थितिमा आज म पुगेको छु । यसमा सिस्टम नबदलिकन त हुँदै हुँदैन ठाउँमा म पुगेको छु । पैसा तिरेर मात्र मेरो काम बन्छ भन्ने जसन कुरा उठेको छ नि त्यो कुरा त कुनैपनि हालतमा हन दिनु हुँदैन । सेवाग्राहीले सेवा, लिन र कर्मचारीलदे सरुवा र बढुवाको लागि पैसा खर्च गर्नुपर्छ भन्ने संस्कारको अन्त्य गर्नैपर्छ ।’

मन्त्री न्यौपानेले आफू पादरर्शी रहँदा रहँदै पनि आफ्नो नाम दुरुपयोग हुनसक्नेतर्फ पनि सचेत रहेको बताउनु भयो । उहाँले आफ्नो नामको दुरुपयोग गरेर सरुवाको नाममा घुस मागेको खण्डमा त्यसबारे जानकारी दिन सार्वजनिक रुपमा आग्रह पनि गर्नुभयो । ‘यो मन्त्री लोभि छ कि भन्ने कसैले सोचिरहनु भएको छ भने किमार्थ त्यस्तो नसोचिदिनुहोला । म त सामान्य जीवन जिउने मान्छे हो । मैले आफूले सामान्य जीवन बिताएर राष्ट्र लाई योगदान गर्छु भनेर कमिटमेन्ट गरेर आएको मान्छे हो ।  तर कसै अरुले मेरो नामको दुरुपयोग गर्ने कुरालाई पनि मैले त्यतिक्कै हेर्नुपर्नेछ । यदि त्यसो गरेको कसैले थाहा पाउनुभयो भने त्यो कुरा मलाई दिएर सहयोग गरिदिनुहोला ।’

उहाँले कर्मचारीको सरुवा बढुवालाई पारदर्शी बनाउँदै प्रशासनिक सेवालाई प्रभावकारी प्रतिवद्धता व्यक्त गर्नुभयो ।