२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

जब काँग्रेस सांसद सिटौला समितिमा सरकारलाई कर्मचारीतन्त्रले नियन्त्रण गर्नेकुरा सह्य हुँदैन भन्दै जंगिए…

जब काँग्रेस सांसद सिटौला समितिमा सरकारलाई कर्मचारीतन्त्रले नियन्त्रण गर्नेकुरा सह्य हुँदैन भन्दै जंगिए…
अ अ+ अ-

काठमाडौं । बुधवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा एकाएक फरक दृश्य देखियो । नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला रिसाएको । धेरै काँग्रेसजनले समेत नेता सिटौला रिसाएको देखेका छैनन् तर समितिका सांसद सदस्यले आज त्यो रुप पनि देख्न पाए । समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव शिशिर कोईरालाको अभिव्यक्तिमा सिटौलाको रोष देखिन्थ्यो । समितिमा जलश्रोत विधेयक, २०८१ को मस्यौदाउपर छलफल चलिरहेको थियो ।

समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सहसचिव कोईरालाले नदीनालाको पानी उपयोग गर्नका लागि सरकारले जल तथा उर्जा आयोगसँग अनुमति लिनुपर्ने आशयको अभिव्यक्ति दिनुभयो । सचिव कोईरालाले उपयोग सरकारले गर्ने भएपनि त्यसका लागि आयोगसँग अनुमति लिनुपर्ने र कति दिने त्यसको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयोगको हातमा साँचो हुनुपर्ने धारणा राख्नुभएको थियो । स्थानीय, प्रदेश र संघ सरकारले आफ्नो मनोमानी ढंगले उपयोग गर्ने भए नियन्त्रण बाहिर जाने सहसचिव कोइरालाको आशय थियो । सहसचिव कोईरालाले बोलि नसक्दै सिटौलाको अनुहारमा आक्रोश आइसकेको थियो । सहसचिव बोलिसकेपछि सभापतिलाई रोकेर प्रतिवाद गर्नुभयो । काँग्रेस सांसद सिटौलाले कर्मचारीतन्त्रले मन्त्रीपरिषद्लाई नियन्त्रण गर्नेकुरा सह्य नहुने चेतावनी दिनुभयो । बैठकमा सबै हेरेर बसिरहेका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई संकेत गर्दै आफ्ना कर्मचारीहरुलाई बोल्ने तरिका सिकाएर पठाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यहाँ सिंगारपटार गर्न, सारी किन्न खोजेको हो ? तपाईं त मन्त्रीपरिषद्लाई कन्ट्रोल गर्न खोज्दै हुनुहुन्छ । मन्त्रीपरिषद्लाई नियन्त्रण गर्ने तपाईं को ? तपाईंले कार्यसमिति लिएर आएर मन्त्रीपरिषद् नियन्त्रण गर्ने ? प्रदेश, स्थानीय सरकार कन्ट्रोल गर्ने ? अनि सरकारले के गर्ने ? यस किसिमको जवाफ नदिनुस् । घरमा लगेर पैसा दिने तपाईंहरु खर्च गर्ने हामी भयौँ त । तपाईं पिता हुनुभयो, हामी छोराछोरी भयौँ त ? मन्त्रीपरिषद्ले ब्युरोकेसी निर्माण गर्दछ की ब्युरोकेसीले मन्त्रीपरिषद् निर्माण गरेको छ ? संविधानले यो व्यवस्था निर्माण गरेको छ की के चलेको छ ? संविधान मान्नुहुन्न भने के मान्नुहुन्छ । तपाईंको जवाफ हुन सहमत हुन म सक्दिनँ । तपाईंले आफ्ना कर्मचारीलाई सिकाएर ल्याउनुस् । तपाईंले पैसा जम्मा गर्ने हामीले खर्च गर्ने जबरजस्ती यस तरिकाको प्रश्तुती सह्य हुँदैन । सबैकुरा तपाईंं ब्युरोक्याट्सले मन्त्रीपरिषद्लाई कन्ट्रोल गर्ने ? हुँदैन यसरी ।’

सांसद सिटौलामात्र हैन नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाललेपनि आफ्नो असन्तुष्टि र आक्रोश मिसिएको भावमा सहसचिव कोईरालालाई चेतावनी दिनुभयो । देशको जलश्रोत तपाईंले कमाएको तलव जस्तो हो ? भन्दै प्रश्न गर्नुभयो । नेपाल सरकारको सम्पती सरकारले चाहेको जसरी प्रयोग गर्नसक्ने उहाँको तर्क थियो । आयोग सरकार मातहतकै भएकाले सरकारले आयोगको अनुमति लिइरहन नपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको जलश्रोत उहाँले कमाएको तलव जस्तो हो ? यति पनि ज्ञान छ की छैन उहाँलाई । यो नेपाल सरकारको सम्पती हो । नेपाल सरकारले जे गर्न चाहन्छ त्यो गर्दछ । त्यो आयोग नेपाल सरकार मातहतको हो । नेपाल सरकारले अनुमति लिनेकुरा व्यवहारिक हुँदैन । जति पनि छुट दिने भनेका छौँ र । सरकारले लिनुपर्दैन भनेको हो । सरकारले यो कामका लागि प्रयोग गर्दछौँ भनेर जानकारी दिने हो ।’

समितिको बैठकमा वादविवाद सुनिरहेका उर्जा जलश्रोत तथा सिंचाईमन्त्री खड्काले सहसचिव कोईरालाको बचाउ गर्दै संघीयतामा गइसकेपछि अधिकार प्रत्यायोजित हुनुपर्ने आशयले धारणा राख्नुभएको स्पष्टीकरण दिनुभयो । उहाँले केन्द्रिकृत हुनु राम्रो नहुने धारणा राख्नुभयो भयो । उहाँले भन्नुभयो, ‘हामी संघीयतामा प्रवेश गरेका छौँ । हिजोको व्यवस्थाले नागरिकलाई अधिकारबाट वञ्चित गरे अधिकार दिनुपर्छ भन्ने स्पिरिट नै हो । केन्द्रिकृत रहनु हुँदैन भन्ने हो । सहमति आयोगसँग लिने की नलिने भन्ने विषय छ । तीन तहबाटै सहमति लिन सकिन्छ भन्यौँ । सुझाव लिने भन्ने शब्द बढी उपयोगी हुन्छ । त्यो राख्दा अधिकार कुण्ठित हुँदैन । आयोग अपडेट हुन खाजेको हो । पानीको अधिकतम लाभ लिइरहेका छौँ की छैनौँ भन्ने हो ।’

समितिको बैठकमा बुधवार जलस्रोत  विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल भएको हो । पछिल्लो समय संसदीय समितिमा यस प्रकारका नोकझोक प्राय देखिन्छ । समितिको छलफल बैठकमा आउने मन्त्रालयका उच्चतहका कर्मचारीले सांसदहरुलाई घुमाउरो तरिकाले हेप्ने भाषा प्रयोग गर्ने, केहि नजानेको वर्ग जस्तो प्रतिवाद गर्ने देखिन्छ । यता सांसदहरु पनि विषय र सन्दर्भमा अध्ययन र तयारि बिना आउने र छलफलमा सतही र आफुअनुकुलको विषयमात्र बोल्ने परिपाटीले द्वन्द्व निम्तिरहेको छ ।