२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमएफएन टाइटल विजेता रविन्द्र ढाँट राष्ट्रपतिद्वारा सम्मानित



अ+ अ-

काठमाडौँ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जित्नुभएका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनुभएको छ ।

बुधवार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गर्नुभएको हो ।

नेपालका एमएमए फाइटर रविन्द्र सोमवार काठमाडौं आइपुग्नुभएको थियो । उहाँले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जित्नुभएको हो । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उहाँले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल हुनुभएको हो ।