२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

रास्वपा सांसदलाई कांग्रेस महामन्त्री शर्माको सुझाव: अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस्

रास्वपा सांसदलाई कांग्रेस महामन्त्री शर्माको सुझाव: अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस्
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालमा गएको उल्लेख गर्दै रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत कोट्याउनु भयो । उहाँले भिजिट भिसाको विषयमा छानविन भइरहेको भएपनि रास्वपाका नेताहरुकै अडानका कारण उपसभामुखको फाइल पेण्डिङमा गएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरु गएका छन् । तपाईहरुले संसद बहिस्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? म सोध्न चाहान्छु । त्यसैले आवेगमा आएर विषयवस्तुलाई नहेरौँ । रास्वपालाई मेरो सुझाव छ । नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईहरु तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट ।’
गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाने नेताहरु उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ? उहाँको प्रश्न छ ।