२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदलाई कांग्रेस महामन्त्री शर्माको सुझाव: अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस्



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालमा गएको उल्लेख गर्दै रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत कोट्याउनु भयो । उहाँले भिजिट भिसाको विषयमा छानविन भइरहेको भएपनि रास्वपाका नेताहरुकै अडानका कारण उपसभामुखको फाइल पेण्डिङमा गएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरु गएका छन् । तपाईहरुले संसद बहिस्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? म सोध्न चाहान्छु । त्यसैले आवेगमा आएर विषयवस्तुलाई नहेरौँ । रास्वपालाई मेरो सुझाव छ । नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईहरु तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट ।’
गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाने नेताहरु उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ? उहाँको प्रश्न छ ।