२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाहलाई अनुमति दिने कुनै विधेयक आउँदैन : कानून मन्त्री चौरसिया



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको शुन्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानूनी प्रश्तावहरू अघि नबढाइने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सामाजिक न्यायलाई खलल पुग्नेगरी कानून निर्माण गर्ने कुरामा कोही पनि सहमत हुन नसक्ने उहाँको भनाइ छ । सभाको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानून बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका थिए । सरकारले बहुविवाहसम्बन्धी कानूनी मस्यौदा तयार पारेको भन्दै समाचार प्रकाशन भएपछि सरकारको आलोचना भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनैपनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

मन्त्री चौरसियाले विवाह गर्ने उमेर लगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल