१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाहलाई अनुमति दिने कुनै विधेयक आउँदैन : कानून मन्त्री चौरसिया



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको शुन्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानूनी प्रश्तावहरू अघि नबढाइने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सामाजिक न्यायलाई खलल पुग्नेगरी कानून निर्माण गर्ने कुरामा कोही पनि सहमत हुन नसक्ने उहाँको भनाइ छ । सभाको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानून बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका थिए । सरकारले बहुविवाहसम्बन्धी कानूनी मस्यौदा तयार पारेको भन्दै समाचार प्रकाशन भएपछि सरकारको आलोचना भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनैपनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

मन्त्री चौरसियाले विवाह गर्ने उमेर लगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल