१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सरकारी सबै सेवा मोबाइलमा उपलब्ध हुनुपर्छः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कागजी प्रक्रियालाई अब हटाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै अधिकारीले कागजी प्रक्रियाबाट भन्दा पनि जुनसुकै चिजहरु पनि मोबाइलका माध्यमबाट सेवाग्राहीले सेवा उपयोग गर्न पाउने वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँकाअनुसार मुलुकभर रहेको सबै कार्यालयलहरुलाई डिजिटलाइज गर्न जरुरी रहेको बताउनु भयो । कृषिमन्त्री अधिकारीले विषादी राखेर उत्पादन गरेका वस्तुहरुलाई बजारमा नल्याउनका मात्रै नभई त्यसमा संलग्न नहुनका लागि जनचेतनाको जरुरी रहेको बताउनुभएको छ । मान्छेले विषदी राखेर उत्पादन गर्ने र तत्कालै धेरै कमाउने इच्छा राखेकै कारण बजारमा विषदी राखेका वस्तुहरु बढेको उहाँले बताउनु भयो ।  उहाँले जनैपूर्णिमा, तिज, दशैँै, तिहारजस्ता चाडपर्व नजिक आइरहेकाले खाद्य वस्तुहरुको परिक्षणमा कडाईकासाथ लाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुलाई निर्देशन दिनुभयो । अहिले पनि खाद्य परिक्षणमा जनशक्तिको अभाव कायमै रहेको आफू जानकार रहेको बताउँदै अधिकारीले आगामी दिन जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताउनु भयो ।

कृषिमन्त्री अधिकारीले भन्नुभयो–‘२१ औं शताब्दीमा कागजी प्रक्रिया भन्दा पनि हामीले विशेष गरेर जुनसुकै चिजपनि मोबाइलको माध्यमबाट अघि बढ्ने समय आएको छ । सेवा चुस्त र दुरुस्त त्यसैबाट हुन्छ भन्ने हामीले यसबाट विश्वास गरेका छौं । अब मुलुकभर रहेका सबै कार्यालयहरुलाई यस्तै प्रणालीमार्फत जोड्दा राम्रो हुन्छ । सुविधा, छिटो छरितो पनि हुन्छ । यसका लागि कृषि मन्त्रालयबाट के काम गर्न सकिन्छ । त्यसका लागि मैले के गर्नुप¥यो, गर्न म तयार छु । तपाईहरु पनि अघि बढ्नोस् ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाद्य स्वच्छताका सम्बन्धमा जनचेतना फैलाउन नसकिएको बताउनु भयो । उहाँकाअनुसार भारत, चाइना, बंगलादेशले खाद्य सुरक्षामा व्यापक काम गरिरहेको छ र सुधार पनि हुँदै गइरहेको छ । खाद्य सुरक्षाका लागि धेरै नीतिगत सुधार भएको बताउँदै अब जनचेतनालाई समेत फैलाउँदै लगिने बताउनु भयो ।

महानिर्देशक कर्णले भन्नुभयो–‘हामी धेरै रिफर्म पनि गरिसकेका छौँ । यो रिफर्म सधैँ गरिरहनुपर्छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले धेरै बाटोहरु खुला गरिदिएको छ र त्यसलाई कार्यान्वयन गर्नका लागि हामीलाई नियमावली जरुरी भइसकेको छ । कृषि मन्त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेको छ । बैठक पनि बसिसकेको छ । अब छिट्टै नियमावली टुंगिनेछ र कानून मन्त्रालयमा छलफलमा जानेछ । मन्त्रालयबाट छिटै नियमावली कानून बनाइयो भने हामीलाई आगामी दिनमा काम गर्न अझ सहज हुनेछ ।’

महानिर्देशक कर्णकाअनुसार ऐन कार्यान्वयनका लागि नियमावली जरुरी रहेकाले त्यही अनुसार छिटो कृषि मन्त्रालयले नियमावली बनाइदिनुपर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनबाट सर्भिस प्रवाह थालिसकेको बताउँदै कर्णले प्रयोगशालाबाट दिइने सबै सेवाहरु अनलाइनबाटै उपलव्ध हुनसक्छ । रिपोर्ट लिनका लागि विभागमा आइरहनुपर्ने अवस्था छैन । अहिले कार्यालयमा भीडभाड केही नदेखिने गरेका कर्णको भनाई छ ।