१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सांसद समन्वय समिति गठन गर्न प्रमुख सचेतक पाण्डेको माग



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले महिला सांसद समन्वय समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद पाण्डेले संसदको कार्यकाल आधा सकिँदा पनि समिति गठनको प्रक्रिया नथालेकोप्रति आपत्ति जनाउनु भयो । महिला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई थप सेवा तथा सुविधा नदिने भनेर नै नियमावलीमा व्यवस्था गरिएको स्पष्ट पार्दै आर्थिक अभावका कारण ढिलाई भएको भन्ने तर्क अर्थहीन भएको पनि बताउनु भयो । उहाँले तत्काल समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यो सभाको कार्यकाल आधाजति भइसक्दा पनि र सदनमा तथा कार्य व्यवस्था परार्श समितिमा यो समिति बनाउन माग गर्दा पनि अझै पनि नियमावलीको व्यवस्था कार्यान्वयन भएको छैन । महिला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई थप सेवा तथा सुविधा नदिने भनेर नियमावलीमा नै व्यवस्था गरिएको छ । त्यसो भएको हुनाले आर्थिक अभाव भएर ढिलो भएको हो भनेर पनि मलाई लाग्दैन । महिलाहरुलाई प्रत्यक्ष असर पर्ने बहुविवाह, डिम्ब संकलनजस्ता समाचारले तरंग सिर्जना गरिरहेको यतिखेरको अवस्थामा महिला समन्वय समिति गठनको नियमावली कार्यान्वयनको लागि सभामुखज्यलाई सविनय अनुरोध गर्दछु । बहुविवाहको कानून ल्याउनेबारे सरकारको धारणा के हो ?’

प्रमुख सचेतक पाण्डेले बहुविवाहबारे सरकारको धारणा समेत माग गर्नुभयो ।