काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् ।
एपीएफ क्लबबाट राजीनामा दिएर कविता अष्ट्रेलिया गएकी हुन् ।
सहायक हवल्दार पदमा कार्यरत कविताले विदेश जाने भन्दै राजीनामा दिएको एपीएफका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए ।
केही समयअघि भलिबल टिमकी स्पाइकर सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भएकी थिइन् ।











