१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी क्षेत्रको काम अपेक्षाकृत छैनः मन्त्री पाण्डे



अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले काम निरन्तर भइरहेको तर अपेक्षाअनुसार हुन नसकेको बताउनु भयो । आगामी दिनमा अझ गतिका साथ काम अघि बढाउने बताउनु भयो । आफूले लुम्बिनी क्षेत्रको विकासका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखि काम गरेको बताउनु भयो । लुम्बिनीमा केही भूराजनीतिक गतिविधिहरु पनि व्यहोर्नुपर्ने रहेकाले त्यसको पनि समाधान गरेर अघि बढ्न जरुरी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काम भएको छ । निरन्तर अघि बढेको छ । तर हाम्रो अपेक्षाअनुसार भएको छैन । हामीले लुम्बिनीलाई जसरी सोचिरहेका छौँ, त्यो अपेक्षाअनुसार भएको छैन । अझ गति दिनुपर्नेछ । आगामी दिनमा यसलाई गति दिँदै अगाडि बढ्छौँ । कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखिकन मैले सहयोग गरिरहेको छु । तत्काल गर्नुपर्ने कामको सन्दर्भमा ऐन नै परिवर्तन गर्नुपर्नेछ । त्यहाँ केही भूराजनीतिक गतिविधि व्यहोर्नुपर्ने हुँदो रहेछ । त्यसका प्रभावहरु स्थानीय तहसम्म देखिन्छन् । त्यहाँ सधैँ सरोकारवाला महाअभियान भन्ने छ, उसको आन्दोलन चलिरहेको हुन्छ ।’ 

समितिको बैठकमा बुधवार लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल भएको हो ।