२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालरुमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नभएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

दरबन्दी भएका अस्पतालहरुमा समेत जनशक्ति आपूर्तिन हुन नसकेको उहाँको भनाइ छ । उहाँले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताउनु भयो । उहाँले तीन तहको सरकारबीच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी यथाशिघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइयोस् । र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विषेश प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस् ।’

सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न समेत माग गर्नुभयो ।