१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संसदप्रति होइन, संसद सरकारप्रति उत्तरदायी भयोः राप्रपा सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरित अभ्यास भइरहेको  टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? भन्दै प्रश्न उठाउनु भयो । उहाँले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आफूहरु भिजिट भिसाको विरोधी हामी नभएको उल्लेख गर्दै भिजिट भिसाको नाममा मान्छे मार्ने र बेच्ने कार्यको विरोध गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले हजारौं नेपाली महिलाहरू वैदेशिक रोजगारीमा गएर यौनदुव्र्यवहारको शिकार भएको, पुरुषहरू बाकसमा फर्किेने गरेको उल्लेख गर्दै गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरु होइनौं । तर भिजिट भिसाको नाममा मान्छेहरुलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ । हामीले भिजिट भिसा हुनु हुदैन भनेर विरोध गरेका छैनौं । आज हजारौं दिदिबहिनिहरु वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन् । हाम्रा दाजुभाईहरु बाकसमा फर्किएका छन् । आज दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्यौ गर्यौं, देश त लुट्यौ नेपालीहरुलाई न मार । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच ।’

उहाँले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।