२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

रास्वपाले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

रास्वपाले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा माग्नुभएको हो ।

संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएपछि उहाँको राजीनामा मागिएको हो । सांसद झाले सभापति खतिवडामाथि नैतिक प्रश्न उठेकोले पदमा रहन नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ । छापाखानाहरुमा यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । अब उहाँलाई नैतिक प्रश्न । यो नालायकीपनको जवाफ कसले दिने ? यसको जिम्मेवारी पनको जवाफ कसले दिने ? मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौं ? यहाँ पदको नाम लेखिएको छ नि ।’

सांसद झाले भाषा आयोगमा नियुक्ति खाने व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका व्यक्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।